काठमाडौं । आज मिति २०८१ साल असार ४ गते मंगलबार    तदनुसार २०२४ जुन १८ तारीख जेष्ठ शुक्लपक्ष द्वादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजे हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :  

मेष : मेष राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्ने योग रहेको छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुने योग रहेको छ ।

वृष : वृष राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सकिन्छ ।

मिथुन : मिथुन राशि हुनेहरुका लागि आज समय मध्यम रहेको छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट फाइदा लिने समय छ ।

कर्कट : कर्कट राशि हुनेहरुका लागि आज समय सामान्य रहेको छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ । आज नयाँ लगानीको लागि समय अनुकूल छैन । आफन्त तथा साथीभाईसँग विवाद पर्न सक्ने रहेकाले ध्यान दिनुहोला ।

सिंह : सिंह राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।  पारिवारिक सहयोग प्राप्त हुनेछ ।

कन्या : कन्या राशि हुनेहरुका लागि आज समय मध्यम रहने देखिन्छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ । अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनु होला । सहकर्मी वा साथीभाईबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्न सक्छ । आयआर्जनको क्षेत्र आज मध्यम रहने देखिन्छ ।

तुला : तुला राशि हुनेहरुका लागि आज समय  राम्रो रहने देखिन्छ । मनमा उत्साह र उमङ्ग रहन सक्छ । शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ । नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ । पारिवारिक सामिप्यता बढ्ने देखिन्छ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुका लागि आज समय प्रतिकूल रहन सक्छ । सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ । कल्पना नगरेको ठाउँमा खर्च गर्नुपर्ने देखिन्छ ।

धनु : धनु राशि हुनेहरुका लागि आज समय राम्रो रहन सक्छ । परिवारजनको साथले नयाँ आशा पलाउने देखिन्छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ ।

मकर : मकर राशि हुनेहरुका लागि आज समय राम्रो रहन सक्छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । पारिवारिक तथा प्रेम सम्बन्ध राम्रो रहन सक्छ ।

कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज दिन मध्यम रहन सक्छ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा सामान्य विवाद आएपनि त्यसलाई समाधान गर्न सक्ने समय छ ।

मीन : मीन राशि हुनेहरुका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने, धनको हानि हुन सक्ने योग रहेको छ । सहकर्मी तथा मित्रबाट असहयोग हुन सक्छ भने जीवनसाथीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय छ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।