काठमाडौं । आज मिति २०८१ साल असार ५ गते बुधबार तदनुसार २०२४ जुन १९ तारीख जेष्ठ शुक्लपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजे हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन् ।
वृष : वृष राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । आज स्वास्थ्य राम्रो रहन सक्छ भने उचित मेहनत गरेर राम्रो आम्दानी गर्न सकिनेछ। विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानीको वातावरण बन्न सक्छ ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नुका साथै पतिपत्नी बीच अविश्वास सिर्जना हुन सक्छ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुपर्ने समय छ ।
कर्कट :कर्कट राशि भएकाहरुका लागि आज समय सामान्य रहने देखिन्छ । हतार गर्नाले अनावश्यक विवादमा फस्नुपर्ने हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको अनुभव हुन सक्छ भने काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । व्यवसायमा सोचे जस्तो आम्दानी गर्न कठिन हुन सक्छ । आफ्ना कमजोरीहरुका कारण अरुबाट आलोचित हुनुपर्ने भएकाले ध्यान दिनुहोला ।
सिंह : सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु तथा प्रतिस्पर्धीहरु तपाईंसँग पराजित हुन सक्छन् । स्वास्थ्य आज राम्रो रहने देखिन्छ । काम गर्न सहज वातावरण बन्नेछ । प्रेम प्रसङ्गमा एक अर्काबिच नजिक हुने तथा रमाउन सकिनेछ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज समय सामान्य छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धी समस्याले सताउने तथा मानसिक तनाव बढ्न सक्छ ।
तुला : तुला राशि भएकाहरूका लागि आज समय उत्तम रहेको छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि सहज वातावरण बन्ने देखिन्छ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । माया प्रेममा अविश्वास तथा विवाद बढ्ने देखिन्छ ।
धनु : धनु राशि भएकाहरुका लागि आज दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नुका साथै नयाँ काम तथा व्यवसायको थालनी हुन सक्ने देखिन्छ । आज साथीभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ । आयआर्जनको लागि आजको दिन उत्तम रहेकाले आम्दानी बढ्न सक्छ ।
मकर : मकर राशि भएकाहरूका लागि आज समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् ।
कुम्भ : कुम्भ राशि भएकाहरुका लागि आज समय खराब रहेको छ । आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् ।
राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।