काठमाडौं । आज मिति २०८१ साल असार ७ गते शुक्रबार    तदनुसार २०२४ जुन २१ तारीख जेष्ठ शुक्लपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर १ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :  

मेष : मेष राशि हुनेहरुका लागि आज समय प्रतिकुल रहेको छ । बोलीकै कारण काम बिग्रने भएकाले बोल्दा ख्याल गर्नु पर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको तर्फबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । राजनीतिक क्षेत्रमा भने झन्झट आइपर्ने देखिन्छ ।

वृष : वृष राशि हुनेहरुका लागि आज समय राम्रो रहने छ । धनलक्ष्मी योग परेकोले गुम्न लागेको धन हात लाग्ने देखिन्छ । लगानीका क्षेत्रमा हिम्मत गरेमा घाटा हुने छैन । व्यापारमा फाइदा हुने योग रहेको छ । साथीभाइको साथ रहनेछ भने नयाँ ठाउँको भ्रमणले दिन रमाइलो बन्ने देखिन्छ ।

मिथुन : मिथुन राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ ।मनमा उत्साह बढ्नुका साथै परिवारको सहयोग मिल्ने देखिन्छ ।   विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुने देखिन्छ ।

कर्कट : कर्कट राशि हुनेहरुका लागि आज ठुलो योजना नबनाउनु राम्रो हुनेछ । झुटा आरोप लाग्ने जोखिम छ। विरोधी जमात सक्रिय भएकाले सचेत हुनुपर्छ। परिवारभित्र शंका बढ्नेछ।

सिंह : सिंह राशि हुनेहरुका लागि आज समय अनुकुल छ । धेरै मानिसले प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा उन्नति हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । समाजसेवाको अवसर प्राप्त होला ।

कन्या : कन्या राशि हुनेहरुका लागि आज समय प्रतिकुल रहेको छ ।अधिकारका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा सुधार हुनेछ । परिवारको मर्म नबुझ्दा खटपटी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ ।

तुला : तुला राशि हुनेहरुका लागि आज समय प्रतिकुल रहने छ । काम गर्नु अगाडि विवेक प्रयोग गर्नु राम्रो हुने देखिन्छ । कुरा काट्ने साथीभाइ सक्रिय छन् । साथीसँग व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुका लागि समय मिश्रित रहेको छ ।साथीबाट विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ । मन अशान्त हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सहज बन्नेछ ।

धनु : धनु राशि हुनेहरुका लागि आज सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । परिवारमा रमाइलो भेटघाट हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंको प्रयास सफल होला । कृषि र फलफूलको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मकर : मकर राशि हुनेहरुका लागि आज सञ्चित धन खर्च हुने दिन छ । विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ । तर्क नगरी कर्तव्य पूरा गर्नु राम्रो हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।

कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज झुटो आरोप लाग्नसक्छ । मन अशान्त हुनेछ म यात्रामा अवरोध हुने देखिन्छ । शनि अनुकुल भएमा सफलता मिल्नेछ । सामाजिक लगानी फस्ने जोखिम देखिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : मीन राशि हुनेहरुका लागि आज समय प्रतिकुल रहेको छ ।बोल्न नजान्दा अप्ठेरोमा पर्ने जोखिम देखिन्छ । भएको जोगाउने दिन हो । धनको भन्दा मान, प्रतिष्ठा र इज्जतमा धावा पुर्याउने साथी सक्रिय छन् । व्यवहार गर्नु अगाडि सचेत बन्नुपर्छ। परिवारबाट अप्ठेरो परिस्थितिमा साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको समय शुभ रहोस् म