आज असार ८ गते शनिबारको राशिफल

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । आज मिति २०८१ साल असार ८ गते बिहीबारशनिबार तदनुसार २०२४ जुन २१ तारीख जेष्ठ शुक्लपक्ष पुर्णिामा तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर १ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :  

मेष : मेष राशि हुनेहरुका लागि आज समय राम्रो छ । धन सम्पत्ति आर्जन हुनेछ योग रहेको छ । साथीभाइबाट सहयोग मिल्ने देखिन्छ ।

वृष : वृष राशि हुनेहरुका लागि आज समय मध्यम रहेको छ । सोचेर बोल्नुपर्ने देखिन्छ । मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत रहनु होला ।

मिथुन : मिथुन राशि हुनेहरुका लागि आज सम्पत्ति आर्जन हुने देखिन्छ ।  शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ भने कुनै कामलाई निरन्तरता दिदा प्रतिफल पाउने देखिन्छ ।

कर्कट : कर्कट राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ । पुरानो रोगबाट मुक्ति मिल्नेछ । मनमा शान्ति बढ्नुका साथै  प्रेममा सफलता मिल्ने देखिन्छ ।

सिंह : सिंह राशि हुनेहरुका लागि आज समय प्रतिकुल रहेको छ । योजनामा बाधा अवरोध हुने देखिन्छन् । दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ ।

कन्या : कन्या राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ ।  दाम्पत्य जीवन सुखमय देखिन्छ । साथीबाट सहयोग मिल्ने देखिन्छ ।

तुला: तुला राशि हुनेहरुका लागि आज समय मध्यम रहेको च । बोलिमा नकारात्मक प्रभाव रहेकोले सोचेर मात्र बोल्नु राम्रो हुनेछ । पुरानो रोगले छोड्दै जानेछ । शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुको लागि आज नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ ।  रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला ।

धनु : धनु राशि हुनेहरुका लागि आज आफूले गरेको संघर्षबाट अरुले लाभ लिने देखिन्छ । असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ ।

मकर : मकर राशि हुनेहरुका लागि आज झुटा आरोप लाग्न सक्छन् । अनावश्यक खर्च बढ्ने देखिन्छ । राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ ।

कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज बौद्धिक क्षेत्रमा स्थान उच्च रहने देखिन्छ । खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।

मीन : मीन राशि हुनेहरुका लागि आज दाम्पत्य जीवनमा सफलता मिल्नेछ । खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।