काठमाडौं । आज मिति २०८१ साल असार १४ गते शुक्रबार   तदनुसार २०२४ जुन २८ तारीख जेष्ठ शुक्लपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर २ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : मेष राशि भएकाहरूका लागि आज समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ । कामबाट पनि आर्थिक लाभ मिल्नेछ । आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ । परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ ।  धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला ।

कर्कट : कर्कट राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन । आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ ।  पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले खानपिनमा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। आज पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ। आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। आज पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ। आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय खराब रहेको छ।  आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ।

धनु : धनु राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । आज मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ।

कुम्भ :कुम्भ राशि भएकाहरूका लागि आज  समय राम्रो रहन सक्छ । मकर राशि भएकाहरूका लागि आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय खराब रहेको छ । आज स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।