काठमाडौं । अहिले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती  र मधेस, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

त्यस्तै,आज राती देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।