काठमाडौं । काठमाडौं उपत्यकामा रहेका विभिन्न वर्षा मापन केन्द्रहरूमा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा लम्बिन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा बस्ने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ ।

ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो ।

पछिल्लो ६ घण्टा यता गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।तिनाउ नदी, पश्चिम राप्ती,वडुम्रे खोला, बडिगाड, बबई लगायतका नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यसैगरी, पाल्पा जिल्लाको कुमलगाउँ, गण्डाकोट, जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोला लगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम,तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाको आग्रह छ ।