काठमाडौं । आज मिति २०८१ साल असार २३ गते आइतबार तदनुसार २०२४ जुलाई ७ तारीख जेष्ठ शुक्ल पक्ष द्धितीया तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर ४ मिनेटमा हुनेछ ।
मेष : अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।
बृष : दाजुभाइको काममा सहयोग लिन-दिन सकिने दिन छ । काममा जागर बढ्नेछ । तपाईंले आटेका सबै काममा राम्रो सफलता मिल्ने देखिन्छ । परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।
मिथुन : मिथुन राशिका लागि आज व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ ।
कर्कट : पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् ।
सिंह : आज मन चञ्चल हुने देखिन्छ । मानसिक तनाव हुने, गर्न खोजेका काममा रोकावट आउने देखिन्छ । नयाँ कामको थालनीका लागि पनि आज राम्रो छैन ।
कन्या : आज समय राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ।
तुला : समय राम्रो छ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ र काम गर्ने उत्साह बढ्न सक्छ ।
वृश्चिक : समय मध्यम छ। सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुनेछन्। नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुन सक्छन्।
धनु : आज समय त्यति राम्रो छैन। मानसिक चिन्ता बढ्नेछ । साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।
मकर : अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमबाट राम्रो लाभ पाइने समय । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ ।
कुम्भ : आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ। आम्दानी बढ्ने । घरमा पारिवारिक सहयोग मिल्नेछ । भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ।
मीन : आज मीन राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । स्वास्थ्य सामान्य रहन सक्छ । विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने समय छ ।