काठमाडौं । आज मिति २०८१ साल असार ३० गते आइतबार तदनुसार २०२४ जुलाई १४ तारीख आषाढ शुक्लपक्ष अष्टमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजे हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : आज मेष राशिबाट चन्द्रमाको गोचर छैटौँ स्थानमा रहने भएकाले पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ । व्यवसायको आकार बढ्न सक्छ । नयाँ लगानीको वातावरण मिल्ने देखिन्छ ।
बृष : आज चन्द्रमाको गोचर वृष राशिबाट पाँचौं स्थानमा रहने भएकाले अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।
मिथुन : आज चन्द्रमाको गोचर मिथुन राशिबाट चौंथो स्थानमा रहने भएकाले अध्ययनमा रुचि नलाग्न सक्छ । व्यवसायमा प्रतिष्पर्धीहरु बलिया रहनाले केहि समस्या पर्न सक्छ। छाती दुख्ने तथा चिसोबाट स्वास्थ्य कमजोर रहन सक्छ। साथीभाईबाट आश्वासन प्राप्त भएपनि सहयोग नमिल्न सक्छ।
कर्कट : आज चन्द्रमाको गोचर कर्कट राशिबाट तेश्रो स्थानमा रहने भएकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ ।
सिंह : सिंह राशिबाट चन्द्रमा गोचर आज दोश्रो स्थानमा रहने भएकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।
कन्या : आज चन्द्रमा तपाईंको राशिबाट प्रथम गोचर अर्थात् कन्या राशिमा नै रहेको छ। मिष्ठान्न भोजन तथा आफन्तसँग भेटघाट हुने समय छ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
तुला : आज चन्द्रमाले तपाईंको राशिबाट बाह्रौँ स्थानमा गोचर गरेकाले स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्न सक्छ। कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।
वृश्चिक : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एघारौँ स्थानमा रहने भएकाले रोकिएका काम समेत सम्पादन हुनेछन् । सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ ।
धनु : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहने भएकाले व्यापार व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा हुनेछ । मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ ।
मकर : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहने भएकाले नयाँ ज्ञान सिक्ने मौका छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
कुम्भ : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट आठौँ स्थानमा रहने भएकाले स्वास्थ्यमा पेट सम्बन्धि केहि गडबडी हुन सक्छ। अनावश्यक विवादमा लाग्दा काम बिग्रन सक्छ। खर्चको मात्रा बढ्न सक्छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा मिल्न सक्छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ ।
मीन : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहने भएकाले जीवनसाथी तथा साझेदारबाट महत्वपूर्ण सहयोग प्राप्त हुन सक्छ। आज व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । ।