यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
FILE PHOTO: Euro, Hong Kong dollar, U.S. dollar, Japanese yen, pound and Chinese 100 yuan banknotes are seen in this picture illustration, in Beijing, China, January 21, 2016. REUTERS/Jason Lee/File Photo
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा  तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ४६ पैसा र बिक्री दर १४५ रुपैयाँ १२ पैसा तोकिएको छ ।

 बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३ रुपैयाँ २९ पैसा र बिक्री दर १७४ रुपैयाँँ ७ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४७ पैसा र बिक्री दर ९० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा तोकिएको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।