काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ । आज बिहानैबाट काठमाडौंको अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
आज बागमती, कोशी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेकोले आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको दुई तीन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।