share 220 काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ । आज बिहानैबाट काठमाडौंको अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । आज बागमती, कोशी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेकोले आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको दुई तीन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोस्टको नेभिगेसन काठमाडौं महानगर पालिकाले चलायो गौशाला चोकका घरहरूमा डोजर आफ्नो ताजा २९औं रेकर्डलाई पुनः तोड्न सगरमाथा चढ्दै कामीरिता शेर्पा