काठमाडौं । काठमाडौंस्थित न्युरोडमा काठमाडौं महानगरले कानुनविपरीत सडक तोडफोड गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आरोप लगाएको छ ।

शनिबार काठमाडौं महानगरले सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन साहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएको थियो ।

शनिबार मेयर बालेनले हरेक दिन मन्त्री महासेठलाई एक ट्रक धुलो उपहार दिने घोषणा गरेको थियो ।