जुन 24, 2026
सुनचाँदी

बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो सोमबारको सुनचाँदीको मूल्य ?

facebook sharing button
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५०  रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जवाफ लेख्नुहोस्