share 207 काठमाडौं । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो भने शुक्रबार तोलामा १ लाख ४५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । पोस्टको नेभिगेसन सुनको भाउले तोड्यो रेकर्ड, भयो अहिलेसम्मकै महँगो यो साता सुन मूल्यले बनायो नयाँ कीर्तिमान, कति पुग्यो सुनको मूल्य ?