share 264 काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ बाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक थकनी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ थली बस्ने ४० वर्षीया साबित्री तामाङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख ८ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ । पक्राउ गरिएकाहरु माथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पोस्टको नेभिगेसन सशस्त्र प्रहरी बलको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन बढुवा भएका ४ एसएसपीको तोकियो कार्यक्षेत्र