बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको छ ।

त्यसैगरि, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।