काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनको मृर्गौलामा समस्या देखिएपछि वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने श्रेष्ठले जानकारी दिए ।
नकर्मी नेपाली काँग्रेसको तर्फबाट कीर्तिपुरको मेयरमा विजयी भएका थिए । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेका थिए ।

