जुन 24, 2026
स्वास्थ्य

मुटु रोगदेखि प्रोस्टेट क्यान्सरसम्मको अचुक औषधि मेवा बारे जान्नै पर्ने फाइदा

काठमाडौं । मेवा एक यस्तो फल हो जसले पेटसँग सम्बन्धित धेरै समस्याहरू क्षण भरमै निको पार्न सक्छ । त्यति मात्र होइन, यसको सेवनले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई समेत बलियो बनाउँछ ।

तपाईलाई गर्मी मौसममा पेटको समस्याले सताइरहनुभएको छ भने मेवा खानु फाइदाजनक हुन्छ । यो एकदमै सस्तो र सजिलै पाइने फल हुन् । फाइबरले भरिपूर्ण यो फलमा अन्य धेरै पोषक तत्व पनि पाइन्छ, जसको सेवनले पेटको समस्या पनि हट्नुका साथै पेट सम्बन्धी समस्यालाई निर्मुल पार्ने गर्दछ ।

मेवा खानुका ५ फाइदा जानि राखौं

१. पाकेको मेवा पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । फाइबरयुक्त यस फलमा दुईवटा इन्जाइम पापेन र साइमोपापेन पाइन्छ । दुवै इन्जाइमहरूले प्रोटीन पचाउँछन् । सोही कारण, तिनीहरूले पाचन प्रक्रिया सुधार ल्याउने काम गर्दछ ।

२. जोर्नीसम्बन्धी समस्या र गठियामा पनि मेवा प्रभावकारी हुन्छ । यसको papain र cymopapain इन्जाइमले सूजन कम गर्ने काम गर्दछ । जसको कारण गठियाको कडा दुखाइ र जलन कम गर्न मद्दत गर्छ ।

३. अचेल खानपानका कारण मुटु रोगको जोखिम बढेको छ । मुटुलाई यसबाट जोगाउन चाहनुहुन्छ भने मेवा खानुपर्छ । यो एन्टिअक्सिडेन्टको खजाना हो । यसमा प्रशस्त मात्रामा भिटामिन-ए, सी र भिटामिन-ई पाइने भएकाले यसको सेवनले मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ । मेवा खाँदा कोलेस्ट्रोलको अक्सिडेशन पनि रोक्छ र ब्लकेज हुनबाट बचाउँछ ।

४. प्रोस्टेट क्यान्सर पुरुषमा पाइने गम्भीर रोग हो। यसको सेवनले प्रोस्टेट क्यान्सरबाट बच्न सकिन्छ । यो फलमा लाइकोपीन पाइन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार अधिक लाइकोपीनले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ । तर, यस विषयमा अझै अध्ययन आवश्यक छ ।

५. मेवाले शरीरलाई रोगबाट टाढा राख्ने काम गर्छ । यसलाई खाँदा रोग प्रतिरोधात्मक क्षमतामा सुधार हुन्छ । यसमा भिटामिन सी पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । जसले गर्दा शरीर धेरै प्रकारका रोगहरुबाट टाढा रहन्छ ।

जवाफ लेख्नुहोस्