काठमाडौं । बिहिवार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरि, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


