जुन 24, 2026
सुनचाँदी

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ ।  शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ आज एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

जवाफ लेख्नुहोस्