जुन 12, 2026
धार्मिक स्थल

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार रहेकोले पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

हिन्दु धर्मशास्त्र अनुसार साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसकारण साेमबार शिवालयमा भिड लाग्ने गर्छ । आज अन्तिम सोमबार भएकोले  बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।

काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि भीड छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले समेत आजैबाट विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

जवाफ लेख्नुहोस्