काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यसअघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।