काठमाडौं । बिहिवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।