काठमाडौं । सुन हालसम्मकै उच्चमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।
यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।