काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मूल्य एक लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।