काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने घटेको छ ।
आज सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।