काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।