घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य आइतबार तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।