काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ६१ हजारमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको थियो ।