share 806 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो । यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो । पोस्टको नेभिगेसन बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?