काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रति तोला १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेर तोलाको १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो ।