काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुन तोलामा १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुन तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर १ हजार ८६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।