जुन 24, 2026
सुनचाँदी

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज  सुन-चाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

जवाफ लेख्नुहोस्