share 678 काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ? सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?