जुन 12, 2026
अन्तर्राष्ट्रिय

इरानको चेतावनी : इजरायललाई सहयोग गरे अमेरिका, बेलायत र फ्रान्सको सैन्य अखडालाई निशाना बनाउने

एजेन्सी । इरानले अमेरिका, बेलायत र फ्रान्सलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ। उनीहरूले इजरायललाई समर्थन गरेमा इरानले ती देशसँग सम्बन्धित सैन्य अड्डा र जहाजलाई निशाना बनाउने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

बेलायतले अहिलेसम्म इरान-इजरायल द्वन्द्वका विषयमा कुनै टिप्पणी गरेको छैन। तर बेलायतले कुनै पनि सैन्य कारबाहीमा भाग नलिएको बताइएको छ। बीबीसीका अनुसार इजरायलले पनि बेलायतसँग अहिलेसम्म कुनै सहयोगका लागि अनुरोध गरेको छैन। विगतमा इरानले इजरायलमा ड्रोन प्रहार गर्दा बेलायतले साइप्रसबाट आरएएफ टाइफुन जेट विमानहरू पठाएर खसालेको थियो । सुरुमा इजरायलले हिजो शुक्रबार बिहानै इरानका विभिन्न स्थानमा हवाई हमला गरेपछि इरानले पनि बदलास्वरूप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न आह्वान गरेका छन् । अन्यथा इजरायलले अझ गम्भीर आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

जवाफ लेख्नुहोस्