जुन 13, 2026
ताजा समाचार

२४ घण्टामा काठमाडौंमा २,५११ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५११ चालक ट्राफिक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व संकलन भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १९३ जना पक्राउ परेका छन् । यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६६, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२९ तथा तीव्र गतिमा सवारी चलाउने १६७ जनामाथि पनि कारबाही गरिएको छ ।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारी पार्किङ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १६८ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३२५ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिने जनाएको छ ।

जवाफ लेख्नुहोस्