जुन 21, 2026
खेलकुद

जर्मनीसँग ७ गोल खाएको क्युरासाओको शानदार पुनरागमन, इक्वेडरलाई रोक्दै विश्वकपमा ऐतिहासिक पहिलो अंक|

फिफा विश्वकप २०२६

← Back

Your message has been sent

मा पहिलो पटक सहभागिता जनाएको क्युरासाओले इतिहास रच्दै विश्वकपको आफ्नो पहिलो अंक जोडेको छ। समूह ‘ई’ अन्तर्गत क्यान्सस सिटीमा सम्पन्न खेलमा क्युरासाओले बलियो टोली इक्वेडरलाई ०–० को गोलरहित बराबरीमा रोक्दै महत्वपूर्ण नतिजा निकालेको हो।

 

विश्वकप डेब्यु खेलमा जर्मनीसँग ७–१ को भारी हार बेहोरेको क्युरासाओमाथि धेरैले फेरि फराकिलो हारको अनुमान गरेका थिए। तर यसपटक टोलीले अनुशासित रक्षात्मक प्रदर्शन गर्दै इक्वेडरका लगातार आक्रमणहरू विफल पार्यो। विशेषगरी गोलकिपर एलोय रुम नायक बने, जसले खेलभर उत्कृष्ट बचाउ गर्दै टोलीलाई ऐतिहासिक अंक दिलाए।

इक्वेडरले खेलभर बल नियन्त्रण राख्दै गोलका लागि निरन्तर प्रयास गर्यो। उसले दर्जनौं अवसर सिर्जना गरे पनि क्युरासाओको रक्षापंक्ति र गोलकिपर रुमलाई पार गर्न सकेन। खेलको अन्त्यसम्म दबाब कायम राखे पनि इक्वेडर गोल गर्न असफल रहँदा दुवै टोलीले एक–एक अंक बाँडे।

 

यो नतिजासँगै क्युरासाओले विश्वकप इतिहासमा आफ्नो पहिलो अंक दर्ता गरेको छ भने इक्वेडरको नकआउट चरण पुग्ने सम्भावनामा दबाब थपिएको छ। समूह ‘ई’ को अन्तिम चरणअघि दुवै टोलीका लागि आगामी खेल निर्णायक बन्नेछ।

जवाफ लेख्नुहोस्