काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ६०० सय घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबारर भएको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

 

अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।