share 214 काठमाडौं । मंगलबार नेप्से सूचक १८.७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ०.८९ प्रतिशतले घट्दै २ हजार ७६.४९ विन्दुमा झरेको हो । मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७२ अंकले घट्दै ३६७.२० अंकमा झरेको छ । आज ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । १३ वटै उपसूचक ऋणात्मक हुँदै मंगलबार सेयर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक १.१६ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले घटेको छ । अन्य समूहहरुको उपसूचक १ प्रतिशत कमले घटेका छन् । यसदिन जम्मा ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले नै घट्न पुगेको छ । पोस्टको नेभिगेसन बिहीबार नेप्से ९ अंकले घट्यो , कतिको भयो कारोबार ? नेप्से दोहोरो अंकले घट्यो, कतिको भयो कारोबार ?