share 193 ललितपुर । ललितपुर महानगरपालिकाले मेलम्ची खानेपानीको विकल्प खोज्ने भएको छ । बुधवार ललितपुर महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम उक्त विषय समेटेको हो । मेलम्चीको विकल्पमा ललितपुर महानगरले मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने योजना नीति तथा कार्यक्रमार्फत अघि सारेको हो । ‘खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ,’ यसबारे मेयर चिरीबाबु महर्जनले भने, ‘मेलम्चीको विकल्प पनि खोज्नुपर्छ । त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउन नसक्ने अध्ययनले देखाएको छ । सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको काम राम्रो छ ।’ पोस्टको नेभिगेसन बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश, कांग्रेस-एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी तीन दलका जनप्रतिनिधि न्यूरोडलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्तावको विरोधमा
मेलम्चीको विकल्पमा ललितपुर महानगरले मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने योजना नीति तथा कार्यक्रमार्फत अघि सारेको हो । ‘खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ,’ यसबारे मेयर चिरीबाबु महर्जनले भने, ‘मेलम्चीको विकल्प पनि खोज्नुपर्छ । त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउन नसक्ने अध्ययनले देखाएको छ । सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको काम राम्रो छ ।’