इजरायली सेनाको आक्रमण बढिरहेको र सहरमा इजरायली हवाई हमलामा हमासको स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाका निर्देशक मारिएको रफाहका जनताले बताएको छ । आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ । इजरायली सेनाले भने हमासले सो केन्द्रलाई प्रयोग गरिरहेको बताएको छ ।
