काठमाडौं महानगर-३२ का वडाअध्यक्ष नवराज पराजुलीले अहिले नै नयाँ सडक क्षेत्रलाई ‘नो भेहिकल जोन’बनाउने प्रस्ताव व्यवहारिक हुन नसक्ने बताए । वडाअध्यक्ष पराजुलीले नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने गरी नगरसभामा आएको प्रस्ताव हटाउनुपर्ने बताएका छन् ।
‘यो कुरा तीनै दलका वडाअध्यक्षहरूले सर्वसम्मत सहमति गरेर ल्याएका हौँ’, उनले भने, ‘नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू, नेपाली कांग्रेसबाट निर्वाचित र एकीकृत समाजवादीबाट निर्वाचितले मिलेर यो खाका बनाएका हौँ । अहिलेलाई नयाँ सडक क्षेत्र ‘नो भेहिकल जोन’ हुन सक्दैन।’

