share 198 काठमाडौं । न्यूरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रस्तावलाई वडाअध्यक्षहरूले विरोध गरेका छन् । काठमाडौं महानगरस्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाअध्यक्षहरूले मेयर साहको उक्त प्रस्तावमाथि सामूहिक रुपमा संशोधन प्रस्ताव हालेका हुन् । काठमाडौं महानगर-३२ का वडाअध्यक्ष नवराज पराजुलीले अहिले नै नयाँ सडक क्षेत्रलाई ‘नो भेहिकल जोन’बनाउने प्रस्ताव व्यवहारिक हुन नसक्ने बताए । वडाअध्यक्ष पराजुलीले नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने गरी नगरसभामा आएको प्रस्ताव हटाउनुपर्ने बताएका छन् । ‘यो कुरा तीनै दलका वडाअध्यक्षहरूले सर्वसम्मत सहमति गरेर ल्याएका हौँ’, उनले भने, ‘नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू, नेपाली कांग्रेसबाट निर्वाचित र एकीकृत समाजवादीबाट निर्वाचितले मिलेर यो खाका बनाएका हौँ । अहिलेलाई नयाँ सडक क्षेत्र ‘नो भेहिकल जोन’ हुन सक्दैन।’ पोस्टको नेभिगेसन ललितपुर महानगरले मेलम्चीको विकल्पमा सिस्नेरी खोलाको पानी ल्याउने उच्च अदालतको अन्तरिम आदेशले न्यूरोडमा फुटपाथ निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । न्यूरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रस्तावलाई वडाअध्यक्षहरूले विरोध गरेका छन् । काठमाडौं महानगरस्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाअध्यक्षहरूले मेयर साहको उक्त प्रस्तावमाथि सामूहिक रुपमा संशोधन प्रस्ताव हालेका हुन् ।
काठमाडौं महानगर-३२ का वडाअध्यक्ष नवराज पराजुलीले अहिले नै नयाँ सडक क्षेत्रलाई ‘नो भेहिकल जोन’बनाउने प्रस्ताव व्यवहारिक हुन नसक्ने बताए । वडाअध्यक्ष पराजुलीले नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने गरी नगरसभामा आएको प्रस्ताव हटाउनुपर्ने बताएका छन् । ‘यो कुरा तीनै दलका वडाअध्यक्षहरूले सर्वसम्मत सहमति गरेर ल्याएका हौँ’, उनले भने, ‘नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू, नेपाली कांग्रेसबाट निर्वाचित र एकीकृत समाजवादीबाट निर्वाचितले मिलेर यो खाका बनाएका हौँ । अहिलेलाई नयाँ सडक क्षेत्र ‘नो भेहिकल जोन’ हुन सक्दैन।’