जुन 24, 2026
सुनचाँदी

मंगलबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको महासंघले जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ । हिजो १८ सय २० मा किनबेच भएको थियो ।

जवाफ लेख्नुहोस्