काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार, रातो आलु प्रति केजी ५६ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी १८ रुपैयाँ, घिरौला प्रति केजी ६० रुपैयाँ, भिन्डी ४० रुपैयाँ र प्याज सुकेको प्रति केजी ९५ रुपैयाँ तोकिएको छ ।
बन्दा प्रति केजी २८ रुपैयाँ, स्थानीय काउली प्रति केजी ६० रुपैयाँ, गाजर प्रति केजी ६५ रुपैयाँ, तितो करेला प्रति केजी ४५ रुपैयाँ र लौका प्रति केजी ५० रुपैयाँ तोकिएको छ ।

