काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनलाई कसैको जीत र हारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुका साझा संस्था भएकोले निर्वाचनलाई जीतहारको रुपमा नलिई तोकिएको समयमा निर्वाचन गर्न माग गरेको हो ।

बैधानिक व्यवस्था बमोजिम हुनुपर्ने निर्वाचन पटक पटक तोकिने तर विभिन्न बहानामा स्थगित हुने गरेको र अझै निर्वाचनलाई अनिश्चित दिशामा धकेल्ने गरिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत सो संगठनले जनाएको छ ।

 

संगठनले जारी गरेको विज्ञप्ति मार्फत समग्र पत्रकारिता आन्दोलन, मर्यादित पत्रकारिता र पेसागत अधिकारको संघर्षलाई समेत नकरात्मक प्रभाव पार्नेगरी भएका गतिविधिहरुप्रति सचेत रहन सरोकारवाला सबैलाई आव्हान गरेको छ । जनपत्रकार संगठनले कर्णाली प्रदेश, काठमाडौ शाखा लगायत देशभरका विभिन्न शाखामार्फत नयाँ सदस्यताका लागि दिएका निवेदनहरुको टुङो लगाएर निर्वाचन प्रक्रिया सुनिश्चित गर्न समेत माग गरेको छ ।

गैरपत्रकारहरुलाई सहमतिको नाममा घुसपैठ नगराउन चेतावनी दिदै संस्थाको दिर्घकालीन हितलाई ध्यान दिएर चुनाबलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन विज्ञप्ति मार्फत अध्यक्ष विश्वकर्माले आग्रह गरेको छ ।

विज्ञप्तिसहित…