काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

