share 213 काठमाडौं । नेपाल प्रेस युनियनले सोमबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले देशभर धर्ना दिने निर्णय गरेको हो । महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको महासचिव दिलीप पौडेलले जानकारी दिए । पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो । वार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले बताए । प्रेस युनियनले महासंघको विधानविपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ । पोस्टको नेभिगेसन तत्काल निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघका पूर्वसभापति र पूर्वअध्यक्षले दिए दबाब पत्रकार महासंघको निर्वाचन अनिश्चित
काठमाडौं । नेपाल प्रेस युनियनले सोमबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले देशभर धर्ना दिने निर्णय गरेको हो ।
महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको महासचिव दिलीप पौडेलले जानकारी दिए । पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो । वार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले बताए । प्रेस युनियनले महासंघको विधानविपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।