share 314 एजेन्सी । इजराइली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा गत अक्टोबरदेखि चलाइरहेको नरसंहारमा कम्तिमा ३७ हजार ९२५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् । आइओएफले गाजा पट्टीमा गत २४ घण्टामा प्यालेस्टिनी परिवारहरू विरुद्ध तीन नरसंहार गर्दा २५ प्यालेस्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले विज्ञप्ति जारी गरी जानकाी दिएको हो । इजरायली आक्रमणको २७०औँ दिनमा गाजा पट्टीमा चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाई हमलाहरू र चारैतिरबाट (हवाई, जमिन र समुद्री) गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेस्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको जनाइएको छ । गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आफ्नो नरसंहार जारी राखेको छ । पोस्टको नेभिगेसन गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार : इजरायली रक्षा बल रुसी राष्ट्रपति पुटिन र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफबीच भेटवार्ता
एजेन्सी । इजराइली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा गत अक्टोबरदेखि चलाइरहेको नरसंहारमा कम्तिमा ३७ हजार ९२५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् । आइओएफले गाजा पट्टीमा गत २४ घण्टामा प्यालेस्टिनी परिवारहरू विरुद्ध तीन नरसंहार गर्दा २५ प्यालेस्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले विज्ञप्ति जारी गरी जानकाी दिएको हो । इजरायली आक्रमणको २७०औँ दिनमा गाजा पट्टीमा चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाई हमलाहरू र चारैतिरबाट (हवाई, जमिन र समुद्री) गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेस्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको जनाइएको छ । गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आफ्नो नरसंहार जारी राखेको छ ।