share 264 अस्ताना । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको छ । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा पुगेका थिए । सोही क्रममा दुई नेताबीच भेटवार्ता भएको हो । ‘मेरो अनुरोधमा धेरै क्षेत्रमा सहयोग गर्न तपाईं तयार हुनुभयो । हामीले तेल क्षेत्रमा सहयोग बढायौँ, तपाईंले हामीलाई तेल पठाउनुभयो । हामी त्यसका लागि आभारी छौँ,’ उक्त भेटमा शाहबाज सरिफले पुटिनलाई भनेको थियो। दुई देशबिचको सम्बन्धले अरू कुनै देशसँगको सम्बन्धलाई असर नगर्ने पनि उनले बताए । ‘पाकिस्तानसँग तपाईंको देशको पुरानो व्यापारिक सम्बन्ध छ । आपसी व्यापारलाई अगाडि बढाउन, नवीकरण गर्न यो सही समय हो । यो पाकिस्तानका लागि पनि फाइदाजनक हुनेछ । यसले हामी कयौँ समस्याबाट उब्रिन सक्नेछौँ,’ उनले भने थिए । भेटमा पारस्परिक हितका धेरै क्षेत्रमा द्विपक्षीय सहयोग बारेमा कुरा गरेको भेटपछि शाहबाज सरिफले इन्स्टाग्राममा एउटा पोस्टमा लेखेका छन् । आफूहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेको उनले बताए । पोस्टको नेभिगेसन इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्यो : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय निर्वाचनमा हार निश्चित भएपछि बेलायती प्रधानमन्त्री सुनकले के भने ?