‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ’, समितिले भनेको छ ।
महासंघले यसअघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । उक्त समयमा निर्वाचन स्थगित गर्दै महासंघले यही असार २२ गते शनिबारका दिन मतदानको समय तय गरेको थियो । तर विविध कारणले उक्त समयमा पनि मतदानको कार्यक्रम गर्न नसकिने महासंघको निर्वाचन समितिले जनाएको छ ।


